प्रतिनिधिसभा सदस्य निर्वाचन: समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारबारे उजुरी

काठमाडाैं | माघ १०, २०८२

प्रतिनिधिसभा सदस्य निर्वाचन: समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारबारे उजुरी

काठमाडौं:  प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक दलले पेस गरेको बन्द सूचीमा सूचीकृत तीन जना उम्मेदवारका बारेमा उजुरी परेका छन् ।


निर्वाचन आयोगले आज जारी गरेको विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को तर्फबाट बन्द सूचीको क्रम सङ्ख्या ९७ मा नाम रहेका सिरहाका चन्दे्रश्वर मण्डल, नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट बन्दसूचीको क्रम सङ्ख्या ६२ मा नाम रहेका ललितपुरका जीवन लामा र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट बन्द सूचीको क्रम सङ्ख्या ३७ मा नाम रहेका पाख्रिबास–८, धनकुटाका कुमारबहादुर थापाका बारेमा आयोगमा उजुरी परेको उल्लेख छ ।


समानुपातिक निर्वाचनतर्फका निर्वाचन अधिकृत एवं आयोगका सचिव कृष्णबहादुर राउतले आज जारी गरेको विज्ञप्तिमा मण्डल आदिवासी तर्फको व्यक्ति भएकाले उनको नाम मधेसी समुदायमा राख्न नमिल्ने भनी पिपरा गाउँपालिका–१ महोत्तरीका सन्तोषकुमार साहले उजुरी गरेको जनाइएको छ ।


यस्तै, ललितपुरका लामा अपाङ्गता नभएको व्यक्ति भए पनि अपाङ्ग भनिएको उल्लेख गरिएको भनी तेमाल–२ काभ्रेपलाञ्चोकका रहरसिंह तामाङले उजुरी गरेका हुन् । धनकुटाका थापाले उत्तरपानी चियाबगानको जग्गा अनधिकृत रूपमा बेचबिखन गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परी विचाराधीन रहेको भनी पाख्रिबास–५, धनकुटाकी पवित्रा श्रेष्ठले उजुरी गरेको विज्ञप्तिमा उल्लेख छ ।


सम्बन्धित पक्षले आ–आफ्नो सबुद प्रमाणसाथ माघ १३ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेभित्र आयोगमा अनिवार्य रूपमा उपस्थित हुन सूचित गरिएको आयोगले जनाएको छ ।


आयोगले बोलाएको समयमा उपस्थित नभए कानुनले व्यवस्था गरेबमोजिम हुने जनाइएको छ ।

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्